काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवालाई ७ पटक प्रधानमन्त्री हुने योग रहेको भनि भविष्यवाणी गर्ने ज्योतीष सुरेशचन्द्र रिजालले देउवालाई भेटेका छन् । आफू प्रसाद लिएर देउवालाई भेट्न बुधबार बिहान बूढानीलकण्ठस्थित निवास गएको उनले बताएका छन् । सो क्रममा आफूले अबको ३ महिना देउवाका लागि त्यति राम्रो छैन भन्ने ज्यातिषीय भविष्यवाणी सुनाएको उनले बताए ।
‘पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न आज विहान म प्रसाद लिएर उहाँको निवास पुगेको थिएँ । भेटको क्रममा मैले अवका तीन महिना त्यति राम्रो छैन भन्ने ज्योतिषिय भविष्यवाणी उहाँलाई सुनाएको हुँ’, उनले भने ।
तर त्यस विषयमा देउवाले कुनै प्रतिक्रिया नजनाएको उनको भनाइ छ । यद्यपी केही मिडियाहरुमा उनले नभनेको कुरा आएको भन्दै उनले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रतिनिधिसभा निर्वाचन अघि रिजलले नै देउवा ७ पटक प्रधानमन्त्री हुने भविष्यबाणी गरेका थिए भने सो कुरा देउवाले नै कैलालीमा आयोजित एक कार्यक्रममा खुलासा गरेका थिए । सो अघि तत्कालीन एमालेका अध्यक्ष केपी ओलीले देउवा फेरि प्रधानमन्त्री नहुने दावी गरेपनि देउवाले त्यस्तो खुलासा गरेका थिए ।भविष्यवाणी गर्ने ज्योतीषले भेटे देउवा
काँग्रेस सभापति शेरबहादुर देउवालाई ७ पटक प्रधानमन्त्री हुने योग रहेको भनि भविष्यवाणी गर्ने ज्योतीष सुरेशचन्द्र रिजालले देउवालाई भेटेका छन् । आफू प्रसाद लिएर देउवालाई भेट्न बुधबार बिहान बूढानीलकण्ठस्थित निवास गएको उनले बताएका छन् । सो क्रममा आफूले अबको ३ महिना देउवाका लागि त्यति राम्रो छैन भन्ने ज्यातिषीय भविष्यवाणी सुनाएको उनले बताए ।
‘पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न आज विहान म प्रसाद लिएर उहाँको निवास पुगेको थिएँ । भेटको क्रममा मैले अवका तीन महिना त्यति राम्रो छैन भन्ने ज्योतिषिय भविष्यवाणी उहाँलाई सुनाएको हुँ’, उनले भने ।
तर त्यस विषयमा देउवाले कुनै प्रतिक्रिया नजनाएको उनको भनाइ छ । यद्यपी केही मिडियाहरुमा उनले नभनेको कुरा आएको भन्दै उनले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रतिनिधिसभा निर्वाचन अघि रिजलले नै देउवा ७ पटक प्रधानमन्त्री हुने भविष्यबाणी गरेका थिए भने सो कुरा देउवाले नै कैलालीमा आयोजित एक कार्यक्रममा खुलासा गरेका थिए । सो अघि तत्कालीन एमालेका अध्यक्ष केपी ओलीले देउवा फेरि प्रधानमन्त्री नहुने दावी गरेपनि देउवाले त्यस्तो खुलासा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ फागुन २०७७, १९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा