एमबाप्पेको दुई गोल

सफल खबर संवाददाता

आइतबार, १६ फागुन २०७७, ११ : १५
एमबाप्पेको दुई गोल

काठमाडौं । किलिएन एमबाप्पेको दुई गोल मद्दतमा फ्रेन्च लिग वान को साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजी ले डिजोनविरुद्ध सहज जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले अंक तालिकाको पुछारको टिम डिजोनलाई ४,० ले पराजित गरेको हो ।

डिजोनको मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन किलियन एमबाप्पेले दुई गोल गरे । यस्तै मोइस किन र डानिलो पेरेइराले एक एक गोल गरे ।

एमबाप्पेले ३२औं र ५१औं मपनेटमा गोल गरे । त्यसअघि खेलको छैटौं मिनेटमा मोइस किनले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

८२ औं मिनेटमा डानिलोले पीएसजीको लागि चौथो गोल गरे ।

जितपछि २७ खेलबाट ५७ अंक जोडेको पीएसजी लियोनलाई पछि पार्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

लिग लिडर लिलेसँग अंकदूरी १ मा झारेको छ ।एक खेल कम खेलेको लिले ५८ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस