मोरङमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १५ फागुन २०७७, १४ : १५
मोरङमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु

मोरङ । मोरङ केराबारी-५ स्थित भित्री सडकखण्डमाट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा सुनसरीका एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी इटहरी-३ का १८ वर्षीय गजेन्द्र राई छन्।

शनिबार बिहान ८ बजे  भित्री सडकखण्डमा को२त ५५०० नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घट्ना हुँदा सहचालक गजेन्द्र राई गम्भीर घाइते भएका थिए। 

घाइते राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

ट्याक्टर र चालक इटहरी ३ का २७ वर्षीय  राम दर्जी नियन्त्रणमा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस