काठमाडौँ । प्रतिबन्धित लागु औषध खैरो हिरोइनसहित कञ्चनपुरका दुई ठाउँँबाट प्रहरीले चार जनालाई आज पक्राउ गरेको छ ।
बेदकोट नगरपालिका १० का ३० वर्षीय महेश विष्ट र सोही ठाउँ बस्ने वर्ष २३ को पुष्पमणी थापालाई भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रबाट, शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रबाट वर्ष २९ को बिक्रम ठकुल्ला र सोही ठाउँ बस्ने वर्ष २९ को दीपेन्द्र सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेदकोट नगरपालिकाबाट पक्राउ परेकाहरूको साथबाट दुई ग्राम ४८० मिलीग्राम खैरो हिरोइन, एक ग्राम १५० मिलिग्राम चरेस बरामद गरिएको र शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रबाट पक्राउ परेकाबाट ४५ प्याकेट (तीन ग्राम तीन मिलिग्राम) खुल्ला चार ग्राम ८० मिलिग्राम सहित जम्मा आठ ग्राम १० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ ।
शुक्लाफाँटा नगरपालिकाबाट पक्राउ पर्नेबाट नगद रकम रु ५४ हजार १७० समेत बरामद गरिएको छ । लागु औषध ओसारपसार गर्ने कार्यमा प्रयोग गरिएको भारतीय नम्बर को होण्डाई एक्ससेन्ट युके ०६ एके ३४३५ नम्बरको कार बरामद गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १४ फागुन २०७७, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ