काठमाडौँ । प्रतिबन्धित लागु औषध खैरो हिरोइनसहित कञ्चनपुरका दुई ठाउँँबाट प्रहरीले चार जनालाई आज पक्राउ गरेको छ ।
बेदकोट नगरपालिका १० का ३० वर्षीय महेश विष्ट र सोही ठाउँ बस्ने वर्ष २३ को पुष्पमणी थापालाई भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रबाट, शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रबाट वर्ष २९ को बिक्रम ठकुल्ला र सोही ठाउँ बस्ने वर्ष २९ को दीपेन्द्र सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेदकोट नगरपालिकाबाट पक्राउ परेकाहरूको साथबाट दुई ग्राम ४८० मिलीग्राम खैरो हिरोइन, एक ग्राम १५० मिलिग्राम चरेस बरामद गरिएको र शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रबाट पक्राउ परेकाबाट ४५ प्याकेट (तीन ग्राम तीन मिलिग्राम) खुल्ला चार ग्राम ८० मिलिग्राम सहित जम्मा आठ ग्राम १० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ ।
शुक्लाफाँटा नगरपालिकाबाट पक्राउ पर्नेबाट नगद रकम रु ५४ हजार १७० समेत बरामद गरिएको छ । लागु औषध ओसारपसार गर्ने कार्यमा प्रयोग गरिएको भारतीय नम्बर को होण्डाई एक्ससेन्ट युके ०६ एके ३४३५ नम्बरको कार बरामद गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १४ फागुन २०७७, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ