काठमाडौँ । सशस्त्र प्रहरीको टोलीले अवैध औषधिसहित सिरहाबाट एक युवकलाई पक्राउ गरेको छ ।
भारतीय बजारबाट ल्याउँदै गरेका विभिन्न कम्पनिको करिब रु ५० हजारको औषधिसहित धनुषाको धुनषाधाम नगरपालिका–९ धारापानी निवासी ४२ वर्षीय अब्जल मन्सुरलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा सिरहाको माडरस्थित भन्सार सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको टोलीले जाँचको क्रममा अवैध औषधिसहित मन्सुरलाई पक्राउ गरेको जनाइएको छ ।
मन्सुरलाई औषधि र मोटरसाइकलसहित जिल्ला भन्सार कार्यालय मार्डरमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १४ फागुन २०७७, १९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ