मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १४ फागुन २०७७, ११ : ५५
मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

सांकेतिक तस्वीर

पाल्पा । पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामपुर न.पा.– ७ किसानबारी स्थित भित्रि सडक खण्डमा खप्टारबाट बिजयपुरतर्फ जाँदै गरेको लु १३ प ६८१४ नं। को मोटर साइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल सडकदेखि अन्दाजी ७ मिटर तल खस्दा मोटरसाइकल चालक जिल्ला पाल्पा रामपुर न.पा. ६ बिजयपुर बस्ने बर्ष ३० को सन्जु आलेको मृत्यु भएको हो ।

उनलाई घाईते उपचारको लागि रामपुर अस्पताल पाल्पा पठाएकोमा डाक्टरद्वारा मृत घोषण गरेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए ।