मोटरसाइकल दुर्घटनामा बुवाको मृत्यु छोरा घाइते

सफल खबर संवाददाता

आइतबार, १८ साउन २०८२, १३ : ५५
मोटरसाइकल दुर्घटनामा बुवाको मृत्यु छोरा घाइते

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिका–७ भर्थापुरमा आइतबार मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले बाबुछोरा चढेको मोटरसाइकल दुर्घटनामा बुवाको मृत्यु भएको र छोरा गम्भीर घाइते भएको बताएका छन । मोटरसाइकल छोराले चलाएका थिए ।

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने आंकलन गरिएको छ । दुर्घटनामा मायादेवी गाउँपालिका ७ का ६० वर्षीय राममिलन धवलको उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक तथा उनका छोरा ३० वर्षीय विनोद धवल गम्भीर घाइते भएका छन् । टाउको, हात र खुट्टामा चोट लागेका उनको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस