काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री गरेको अभियोगमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडैंको धापासीबाट सल्यान शारदा नगरपालिका–५ बस्ने ३१ वर्षीय पुरन रेउले र सितापाईलाबाट काभ्रे मन्डन देउपुर नगरपालिका–१० ज्यामिरे बस्ने ४८ वर्षीय आइत तामाङ र रसुवा साविक सरमथली गाविस–६ हाल नौकुण्ड गाँउपालिका–३ वस्ने ३६ वर्षीय ज्ञानबहादुर रुम्वालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले गैंडाको खाग ओसारपसार एवं खरिद बिक्री गर्न प्रयोग गरेको ना २ च १४५८ नम्बरको गाडीसमेत बरामद गरेको छ । पक्राउ परेका र उनीहरुबाट बरामद सामानलाई आवश्यक कानुनी कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा पठाइएको ब्युरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता एवं सूचना अधिकारी गंगा पन्तले बताइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ फागुन २०७७, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनयता नौ गैँडाको मृत्यु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो