काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ । तोलामा नै रु एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार १०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा रु ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मङ्गलबार तोलामा रु ८९ हजार ६५० मा कारोवार भएको थियो । यस्तै चाँदी आज तोलामा रु १५ ले घटेको छ ।रु एक हजार ३६० मा मङ्गलबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३४५ मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ फागुन २०७७, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
तोलामा ७ हजार १ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
२ हजारले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?