वीरगञ्ज । तेह्रथुमको छथर गाउँपालिका– १ मा कुटपीट गरी श्रीमतीको हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा श्रीमतीको हत्यामा संलग्न रहेको आरोपमा तेह्रथुमबाट प्रहरीले ५२ वर्षीय तेन्जे शेर्पालाई पक्राउ गरेको हो । ०७७ फागुन ३ गते राति घर व्यवहारको विषयमा विवाद हुँदा शेर्पाले ५६ वर्षीया श्रीमती छिरिङ डोमा शेर्पालाई कुटपीट गरी हत्या गरेको दाबी प्रहरीले गरेको छ । प्रहरीले छिरिङको शव फागुन ५ गते साँझ ७ बजे घरकै कोठामा फेला पारेको थियो ।
घटनापछि फरार तेन्जेको प्रहरीले खोजी गरिरहेको थियो । सोही क्रममा फागुन ९ गते दिउँसो ३ बजे मेचीनगर नगरपालिका– ६ काँकडभिट्टा बजारबाट तेन्जेलाई पक्राउ गरिएको थियो । झापाबाट इलाका प्रहरी कार्यालय बसन्तपुर, तेह्रथुम झिकाई फागुन १० गते सोमबार उनी विरुद्ध कर्तव्य ज्यान मुद्धामा तेह्रथुम जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम थापाले प्रारम्भिक अनुसन्धानका क्रममा दुवैजनाले मादक पदार्थ सेवन गरी आपसमा वादविवाद गरेको र कुटपिटको क्रममा छिरिङको मृत्यु भएको तथ्य बाहिर आएको जानकारी दिए । ‘दुवैजना मादक पदार्थ सेवन गरी पटक पटक झैझगडा गर्ने गर्दो रहेछन् । सोही क्रममा कुटपिट हुँदा भोलिपल्ट बिहान मात्रै श्रीमतीको मृत्यु भएको थाहापाएपछि भागेको उनले स्वीकार गरेका छन्,’ उनले भने, ‘ मृतक महिलाको शरीरभर निलडाम थियो । खोजतलास गरेर तेन्जेलाई पक्राउ गर्न सफल भएका छौं । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
आमाबुबाबीच झै झगडा भइरहने गरेकोले छोराहरु समेत घरमा नबस्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ फागुन २०७७, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ
बुटवलमा बुवाले गरे आफ्नै १७ वर्षीया छोरीको हत्या
वैदेशिक रोजगारीबाट फर्किएपछि पत्नीको हत्या
खुकुरी प्रहार गरी श्रीमतीको हत्या
बाँकेमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु
खन्तिले हानेर साथीको हत्या