काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आकाशतर्फ हेरेर थुकेको बताएका छन् ।
नेपाल प्रेस युनियन सुनसरीले आइतबार गरेको अन्तर्क्रियामा नेता पौडेलले ओलीले अदालतबाट प्रतिनिधिसभा विघटनको कदम सदर नभए आन्दोलन गर्ने अभिव्यक्ति धम्की र आतेस दुवै भएको बताए ।
सर्वोच्च अदालतले संसद् पुनस्स्थापना गर्न लागेपछि प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएको उनको भनाइ थियो । उनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापित भए विकृति आउँछ भन्दै दिएको अभिव्यक्तिलाई आकाशतर्फ हेरे थुकेको उपमा दिए ।
पौडेलले नेतृत्वका कारण कांग्रेस लोकतन्त्र र संविधानको रक्षमा खरो उत्रन नसकेको पनि स्वीकार गरे । ‘म प्रतिनिधिसभामा छैन । मलाई प्रतिनिधिसभा पुनः स्थापनाबाट कुनै लाभ पनि छैन । तर विधि रक्षाका लागि कांग्रेसको स्थापना भएको होइन रु विधि रक्षा हुन सकेन भने देशलाई कांग्रेस किन चाहियो रु पौडेलले भने, ‘त्यसैले पहिला संविधान र लोकतन्त्र जोगाऔं । अनि चुनाव गरौंला । सरकार पनि बनाउँला ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ फागुन २०७७, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीद्वारा मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन
नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्छ : प्रधानमन्त्री ओली
‘अहिलेको डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीको दाबी : ‘०८४ को निर्वाचनसम्म यही समीकरण अघि बढ्छ’
सदन सामाजिक सञ्जाललाई कन्टेन उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास हुँदैछ: प्रधानमन्त्री ओली
प्रधानमन्त्रीद्वारा एलएलडीसीको सम्मेलनबारे संसद्लाई जानकारी