काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल दिल्लीको एपोलो अस्पतालमा उपचार गरेर फर्के लगत्तै अर्का पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई दिल्ली जान लागेका छन् । उनी पनि आफनो स्वास्थ्य उपचारका लागि दिल्ली जान लागेका हुन् ।
भट्टराई आजै नेपाल वायुसेवाको जाहाजवाट भारतको नयाँ दिल्ली जान लागेको जनता समाजवादी पार्टीका नेता समेत रहेका भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।
भट्टरार्ईको पेटमा समस्या देखिएपछि लामो समय देखि निदान अस्पतालमा परिक्षण तथा उपचार गराउँदै आएका थिए । अहिले चिकित्सकहरुले न्यूरो इन्डोक्राइनको टुयमर भएको आशंका गरी सल्लाहर सिफारिस गरेकोले भटटराई उपचारका लागि दिल्ली जान लागेको पाण्डेले बताए ।
भटटराईको दिल्लीमा इष्टिच्युट अफ लिभर एण्ड विलिअरी साइन्सेसमा हुनेछ । उपचारको लागि दिल्लीमा रहदा भटटराई को बसाई भारतस्थित नेपाली दुतावासमा हुने पनि जनाईएको छ । भटटराईसागै उनका पत्नी तथा नेतृ हिशिला यमी र विश्वदीप पाण्डे पनि दिल्ल्ी जाने भएका छन् ।
हिजो मात्रै पूर्व प्रधानमनत्री झलनाथ खनाल टाउको हल्लिने रोगको उपचार गराई दिल्लीवाट फर्केका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ फागुन २०७७, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव
नयाँ राजनीतिक विकल्प तयार गर्न बाबुरामको जोड
जेनजी विद्रोहको परिणाम के हुन्छ, अझै प्रस्ट भइसकेको छैन : बाबुराम भट्टराईले दिए यि चारबुँदे सुझाव
नयाँलाई अवसर दिन हाम्रो पुस्ता बिदा हुनुपर्छ: बाबुराम भट्टराई
सरकारले आफ्नो निष्ठा यथास्थितिमा नभई विद्रोही जेनजीको पक्षमा राख्नुपर्छ : डा. भट्टराई