काठमाडौं । दोलखामा एकजना महिलाको हत्या भएको छ । कालिञ्चोक गाउँपालिका–६ मा श्रीमानले श्रीमतीको हत्या गरेक हुन् । हत्या गरेको अभियोगमा २७ वर्षीया हिमाल थामी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख डीएसपी भेषराज रिजालले शुक्रबार राति २ बजे खुकुरी प्रहार गरी हत्या गरिएको पाइएको बताए । प्रहरीलाई खबर आउने बित्तिकै खोजतलासको क्रममा कालिञ्चोक ७ मा लुकेर भाग्दै गर्दा आज बिहानै उनलाई थामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
श्रीमती २३ वर्षीया सुनिता थामीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल, दोलखा पठाउने तयारी गरिएको छ । हाल पारिवारिक विवादमा घटना भएको हुनसक्ने आशंका गरिए पनि थप अनुसन्धान जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ फागुन २०७७, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अंश विवादमा देवरद्वारा भाउजूको हत्या
भोजपुरमा ४ जनाको सामूहिक हत्या
बारामा श्रीमानद्वारा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
ज्वाइँले गरे ससुराको हत्या
८० वर्षीया वृद्धाको हत्या, कुकुरको सहयोगमा अनुसन्धान गर्दै प्रहरी
तीन वर्षपछि श्रीमतीको हत्यामा श्रीमान् पक्राउ