काठमाडौं । दोलखामा एकजना महिलाको हत्या भएको छ । कालिञ्चोक गाउँपालिका–६ मा श्रीमानले श्रीमतीको हत्या गरेक हुन् । हत्या गरेको अभियोगमा २७ वर्षीया हिमाल थामी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख डीएसपी भेषराज रिजालले शुक्रबार राति २ बजे खुकुरी प्रहार गरी हत्या गरिएको पाइएको बताए । प्रहरीलाई खबर आउने बित्तिकै खोजतलासको क्रममा कालिञ्चोक ७ मा लुकेर भाग्दै गर्दा आज बिहानै उनलाई थामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
श्रीमती २३ वर्षीया सुनिता थामीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल, दोलखा पठाउने तयारी गरिएको छ । हाल पारिवारिक विवादमा घटना भएको हुनसक्ने आशंका गरिए पनि थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ फागुन २०७७, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या