राजवंशी विराट लाई जातिजातिमा सूचीकृत गरिनेः मन्त्री ढकाल

रासस

शुक्रबार, ०७ फागुन २०७७, ११ : ४९
राजवंशी विराट लाई जातिजातिमा सूचीकृत गरिनेः मन्त्री ढकाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राजवंशी समुदाय विराट लाई १२८औँ जातजातिमा सूचीकृत गर्ने बताएका छन्। राजवंशी समाज उत्थान समितिविराटकेन्दीय कार्यालयद्वारा आयोजित १४ औं वृहत् भेलामा उनले अहिलेसम्म १२५ जातजाति सूचीकृत भएको र अन्य दुईसहित यो समुदायलाई पनि सूचीकृत गर्न चाँडै सङ्घीय मामिला तथा प्रशासन मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने विश्वास दिलाए ।

मन्त्री ढकालले राजवंशी समुदाय यस क्षेत्रको आदिवासी तथा भूमिपुत्र हुनका साथै रैथाने समुदाय भएकाले उनीहरुलाई राज्यबाट सम्मान गर्ने कार्यका कहिले विभेद नहुने बताए। उनले  विगत १४ वर्षदेखि सूचीकृत हुन आन्दोलित यस समुदायलाई त्यसअघि सरकारले नगरेकामा दुःख व्यक्त गर्दै वर्तमान सरकारले आन्दोलन नगरी अधिकार प्रदान गर्ने विश्वास दिलाए ।

मन्त्री ढकालले  राजवंशीलाई आदिवादी जनजातिमा सूचीकृत गरी प्रदान गर्नुपर्ने सुविधा प्रवाह गरेको बताउँदै यस सम्बन्धमा अन्य कुनै अर्को समुदायले सुविधा उपयोग गरेका सम्बन्धमा चनाखो हुन आग्रह गरे । उनले  वर्तमान अवस्थामा हिमालले मात्र पर्यटन प्रवद्र्धन नहुनाले राष्ट्रमा रहेका मौलिक संस्कार, भाषा, संस्कृति, खाद्य परिकार, पहिरन र धर्मलाई जोडेर जानुपर्ने आवश्यकता औँल्याए ।

समिति विराट का केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डलले राजवंंशीको अलग्गै, भाषा, पहिचान एवं संस्कृति भएपनि विगत १३ वर्षदेखि राज्यले सूचीकृतका लागि सम्बोधन नगरेकामा गुनासो व्यक्त गरे । नेकपाका केन्द्रीय सदस्य सत्यनारायण चौधरी, थारु कल्याणकारी सभाका मोरङ अध्यक्ष प्रदीप भगत, राजवंशी संस्कृतिका अध्यक्ष कुशेश्वर राजवंशी, गुप्त नारायण मण्डल, राप्रपा मोरङ अध्यक्ष माधव आचार्य, राजकुमार राजवंशी, कला राजवंशी र प्रदीपकुमार विश्वासले समुदायका सम्पूर्ण सदस्यहरुले आगामी विसं २०७८ हुने राष्ट्रिय जनगणनामा राजवंशी विराट उल्लेख गर्नुपर्नेमा जोड दिए । 

 

प्रतिक्रिया दिनुहोस