काठमाडौँ। नेकपा एमालेका स्थायी समिति सदस्य भानुभक्त ढकालले महाधिवेशनबाट पार्टी नेतृत्व पुनर्गठन हुनसक्ने बताएका छन् ।
भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा उनले विधान महाधिवेशनपछि विकसित घटनालाई हेरेर नेतृत्व पुनर्गठन हुन पनि सक्ने बताएका हुन् ।
तर अहिले पार्टीभित्रै पुनर्गठनको बहस चलेकोप्रति ढकालले असन्तुष्टि जनाएका छन् ।
‘शत्रु घेरिरहेको बेलामा, शत्रुले आक्रमण गरिरहेका बेलामा, शत्रुहरूले हल्लाइरहेको बेला केपी ओलीलाई उघेल्न पनि सकिन्छ कि भनेर कतिपय घरभित्रै बसेका, तर घर बाहिरका प्रतिक्रियावादीहरूको एजेन्टहरू छन् भने तिनहरूको रूपहरू पनि क्रमशः उदांगिने छन्,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असोज २०८२, १४ : ३४
लेखकबाट थप