चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–८ घर भई भरतपुर महानगरपालिका–९ भाडामा बस्ने ३५ वर्षीया शोभा विक छन् । उनलाई प्रहरीले यही फागुन २ गते पक्राउ गरेको हो ।
कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी विकलाई सार्वजनिक गरेको हो । विकले विसं २०७७ असोज ७ गते भरतपुर–९ शरदपुर बस्ने ७४ वर्षीय बाबाहजुर थापाको हत्या गरेको प्रहरीले जनाएको छ ।
विकले थापाको हत्या तथा लुटपाटका क्रममा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । घटनास्थलबाट मोबाइल, गरगहनासमेत लुटेर लगेको विकले स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ फागुन २०७७, १८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ