काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको भारी कटौतीसँगै उनको सुरक्षामा पूर्वजनमुक्ति सेनाको टोली खटिएको छ।यसअघि प्रचण्डको सुरक्षामा अघि र पछि जनपथ र सशस्त्र प्रहरीको गाडीले सुरक्षा दिने गरेको थियो।
सुरक्षाकर्मीको संख्या कटौती भएसँगै सरकारले दाहाललाई दुई जना नेपाल प्रहरी र १६ जना सशस्त्र प्रहरीको टोली खटाएको छ।सुरक्षा चुनौतीलाई ध्यान दिएर पूर्वजनमुक्ति सेनाको टोली खटाइएको प्रचण्ड नेपाल समूहका राष्ट्रिय युवा संघ अध्यक्ष रामप्रसाद सापकोटाले बताए।
‘हामीले युवा संघका साथीहरू खटाएका छौं। उहाँहरू सबै पूर्वजनमुक्ति सेनाका सदस्यहरू हो। उहाँहरूले सुरक्षाका लागि सहजीकरण गर्ने मात्रै हो,’ उनले भने, ‘प्रधानमन्त्रीले मितव्ययिताका लागि भन्दा पनि ‘बदला’ लिने नियतले सुरक्षा टोली कटौती गर्नुभएको हो। अब कसरी अघि बढ्ने भनेर हामी थप छलफल गर्दैछौं।’
१० जनाको टोलीको गाडी प्रचण्डको गाडीभन्दा अघि हिँड्ने गरेको उनले बताए। यो टोलीसँग हातहतियार छैन।उनका अनुसार प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेनाका बटालियन कमाण्डर प्रकाश पाण्डे ‘परलोक’को नेतृत्वमा खटिएको छ।
शान्ति प्रक्रियामा आएदेखि नै ‘परलोक’ प्रचण्डको सुरक्षा टोलीमा थिए।प्रचण्ड प्रधानमन्त्री भएपछि उनी शक्तिखोरस्थित तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजनमा थिए।सेना समायोजनमा स्वेच्छिक अवकाश रोजेका उनी वाइसीएलमा थिए। नेकपा गठन भएपछि उनी राष्ट्रिय युवा संघमा आवद्ध छन्।
सुरक्षा स्रोतका अनुसार सशस्त्र प्रहरीले निरीक्षकसहित ४७ जना दाहालको सुरक्षामा खटाइएको थियो।गह मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको विशिष्ट व्यक्तिको सुरक्षा मापदण्ड २०७७ अनुसार पूर्वप्रधानमन्त्रीलाई सशस्त्रबाट १६ र नेपाल प्रहरीबाट दुई जनामात्र सुरक्षाकर्मी दिइने उल्लेख छ।
दाहालको सुरक्षामा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षकसहित २७ जना सुरक्षाकर्मी थिए।सुरक्षा स्रोतका अनुसार सशस्त्र प्रहरीबाट प्रचण्डको सुरक्षामा १६ र नेपाल प्रहरीबाट दुई जनाबाहेक सबै सुरक्षाकर्मी फिर्ता गरिएका छन्।सशस्त्र प्रहरी स्रोतले १६ जनाबाहेक खटिएका सबै सुरक्षाकर्मी फिर्ता गरिएको पुष्टि गर्यो।‘तोकिएबाहेकका अन्य सबै सुरक्षाकर्मी फिर्ता भइसकेका छन्,’ सशस्त्र प्रहरीका एक उच्च अधिकारीले बताए।
नेपाल प्रहरीले पनि दाहालको सुरक्षामा तोकिएअनुसारै दुई जनाबाहेक सबै फिर्ता गरिसकेको बतायो।पूर्वविशिष्टलाई बढीमा दिइने सुरक्षाकर्मी त्यति नै रहेको कार्यविधिमा उल्लेख छ। यो कार्यविधि कार्यान्वयनमा आएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले लिखित रूपमै सुरक्षा संख्या पर्याप्त नहुने भनी सरकारलाई चिठी लेखेका थिए।शाह र उनको परिवारमा ९९ जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ फागुन २०७७, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीता दाहालको स्मृति दिवसमा प्रचण्डले गरे मानव सेवा आश्रममा सहयोग
राजनीतिको संस्थापन पक्ष माओवादी हो, कांग्रेस–एमाले प्रतिपक्ष हुन् : प्रचण्ड
भोटेकोशी बाढी : उद्धार र राहतका लागि सबै संयन्त्र परिचालन गर्न सरकारसँग प्रचण्डको माग
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौँ : प्रचण्ड
अहिले संसद र न्यायलयमा जे चलिहेको छ , त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन् : प्रचण्ड
संसदीय प्रणाली खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम बन्यो: प्रचण्ड