काठमाडौं । सुनको भाउ पछिल्लो आठ महिनायताकै सस्तो भएको छ । एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले भाउ घटेपछि सुनको भाउले ९० हजारभन्दा तल्लो अंक छोएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको भाउ हालसम्मकै उच्च प्रतितोलामा १ लाख ३ हजार ५ सयसम्म पुगेको थियो ।
असार ५ गतेपछि पहिलो पटक छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय कायम भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
असार ५ गते ८९ हजार ९ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजार र कारोबार नहुनु नै सुनको मूल्य घट्ने मुख्य कारण भएको महासचिव बज्राचार्यले बताए ।
महासंघले बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । हिजो छापावाल सुन ९० हजार ९ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन १ हजार ५० रुपैयाँ घटेर ८९ हजार ३ सय ५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
मंगलबार तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबारको भाउभन्दा २० रुपैयाँ सस्तो भएर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा चाँदीको कारोबार मूल्य तोकिएको छ ।देशभर २२ हजार व्यवसायी यो क्षेत्रमा संलग्न रहेको र १२ अर्बभन्दा धेरै कर राज्यलाई बुझाउने गरेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ फागुन २०७७, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारसँग ६ बुँदे सहमतिसँगै व्यवसायमा फर्किए सुनचाँदी व्यवसायी
निरन्तर बढ्दै सुनको मूल्य, प्रतितोला कति ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?
सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग
सुनको मूल्य स्थिर,चाँदीको मूल्य कति ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?