सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

मंगलबार, ०४ फागुन २०७७, ११ : २२
सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । केही दिनदेखि नेपाली बजारमा निरन्तर ओरालो लागेको सुनको मूल्य आज फेरि बढेको हो ।

सोमबार सुनको मूल्य तोलामा ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेको हो । सोमबार सुनको मूल्य तोलामा एक सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९० हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ९० हजार ४ सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य तोलामा १ हजार ३४० मा कारोबार भएकोमा आज बढेर तोलामा १ हजार ३६० पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस