बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलास्थित फागुन ३ गते नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन् ।
सोलुको नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार रहेकामा १० जना घाइते भएका हुन् । उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।
सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै सशस्त्र प्रहरी टोली उद्धार कार्यको लागि खटिएको थियो ।
गम्भिर घाइते भएकाहरुलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगंज राझातर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ फागुन २०७७, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु