यस्तो छ झाँक्रीले प्रहरीमा गरेको सवाल जवाफसहितको कागज

पत्रपत्रिकाबाट

शुक्रबार, ३० माघ २०७७, ०७ : ४२
यस्तो छ झाँक्रीले प्रहरीमा गरेको सवाल जवाफसहितको कागज

काठमाडौं । प्रहरीद्वारा बिहीबार पक्राउ परी रिहा भएकी नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रहरीसमक्ष संवैधानिक राष्ट्रपतिप्रतिको आफ्नो सम्मान हिजो आज र भोलि पनि उतिकै रहने बयान दिएकी छन् । 

सवाल १: तपाईंले मिति २०७७/१०/१६ मा गोरखा जिल्लाको सिरानचौक गाउँपालिकामा भएको राजनीतिक भेलामा दिनुभएको सार्वजनिक अभिव्यक्तिको भिडियो देखाइन्छ, के कसो हो ? कुन सन्दर्भमा सो अभिव्यक्ति गर्नुभएको हो रु खुलाइ लेखिदिनुहोस्।

जवाफस् मिति २०७७/१०/१६ मा गोरखा जिल्लाको सिरानचौक गापामा भएको राजनीतिक भेलामा मैले बोलेको भिडियो देखाउँदा देखीसुनी पाएँ । म नेकपाको केन्द्रीय सदस्य भएकाले राजनीतिक भेलामा संसद् विघठनपछिको राजनीतिक परिवेशको विषयमा राजनीतिक अभिव्यक्ति दिएकी हुँ । म एक जिम्मेवार पदमा रहेकी राजनीतिकर्मी भएकाले नेपालको संविधान २०७२ को धारा १७ ले दिएको अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता हकअन्तर्गत रही आफ्नो अभिव्यक्ति दिएकी हुन्

सवाल २: अखिल नेपाल महिला संघले माननीय गृहमन्त्रीज्यूलाई सम्बोधन गरी मिति २०७७/ १०/२१ गते ज्ञापनपत्र पढी वाची सुनाइन्छ, ज्ञापनपत्रको बेहोरा के कसो हो खुलाई लेखिदिनुहोस् ।

जवाफस् अखिल नेपाल महिला संघले माननीय गृहमन्त्रीलाईज्यूलाई सम्बोधन गरी दिएको ज्ञापनपत्र मैले पढी वाची सुनी हेरी पाएँ ।बेहोरा बुझें । उक्त ज्ञापनपत्र दिने व्यक्तिलाई म खासै चिन्दिनँ । निजहरूले ज्ञापनपत्र के कुन अभिप्रायले दिएका हुन्मलाई थाहा भएन ।मुलुकका सबै संवैधानिक निकाय र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति मेरो सम्मान छ र रहनेछ

सवाल ३ : तपाईंले गोरखा जिल्लाको सिरानचौक गाउँपालिकामा भएको राजनीतिक भेलामा सम्माननीय राष्ट्रपतिज्यूको बारेमा व्यक्त गरेको अभिव्यक्तिले सम्मानित संस्था एवं सम्माननीय राष्ट्रपतिज्यूको गरिमामाथि आँच पुयाउने, धम्की दिने किसिमका अभिव्यक्ति हुन होइनन्रु खुलाई लेखाइदिनुहोस् ।

जवाफस् मैले गोरखा जिल्लामा भएको राजनीतिक भेलामा गरेका अभिव्यक्ति राजनीतिक अभिव्यक्ति हुन् ।संवैधानिक राष्ट्रपतिप्रतिको मेरो सम्मान हिजो, आज र भोलि पनि उतिकै रहनेछ । सबै निकायले नेपालको संविधान तथा ऐनको परिपालना गर्नुपर्छ भन्ने मेरो जोड छ ।

सवाल ४ :  तपाईंले अन्य केही भन्न बाँकी भए खुलाई लेखिदिनुहोस्।
जवाफस् मैले नेपालको संविधान, प्रचलित कानुनको पालना गरी अभिव्यक्ति स्वतन्त्रताको हक, राजनीतिक स्वतन्त्रताको हक उपयोग गरेकी हुँ ।राजधानी दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस