बेलायतकी महारानीभन्दा धेरै कमाउने लेखक

एजेन्सी

विहीबार, २९ माघ २०७७, ११ : २६
बेलायतकी महारानीभन्दा धेरै कमाउने लेखक

लन्डन । संसारको सबैभन्दा चर्चित किताबमध्ये पर्ने ‘ह्यारी पोटर’ अहिलेसम्म पाँच सय मिलियन प्रति ब्रिकी भएको छ। ह्यारी पोटरका फिल्म सिरिज र यसकै नामबाट बनेका तीन अम्यूजमेन्ट पार्कले पनि सार्वधिक सफलता कमाइरहेको छ। 

कस्मोपोलिटनका अनुसार लेखक जे.के रोलिङको कमाइ बेलायती महारानी एलिजाबेथको भन्दा बढी छ। महारानी एलिजाबेथको कमाइ ५ करोड ३० लाख अमेरिकी डलर छ। त्यसो भए लेखक रोलिङको कमाइ कति छ त ?

सन् २०१९ मा राउलिङका किताब बिक्री ७७ करोड अमेरिकी डलर भएको र ह्यारी पोटर फिल्मले ७७ करोड अमेरिकी डलरभन्दा बढी कमाएको बिजनेस इन्साइडरको रिपोर्टले बताएको छ।

ह्यारी पोटरको हरेक किताब र फिल्मबाट आउने कमाइको दश प्रतिशत जे।के रोलिङले पाउने बताइन्छ। यो हिसाबमा उनको कमाइ करिब पन्ध्र करोड अमेरिकी डलर छ। विश्वकै धनी लेखक पनि रहेकी उनको कमाइ स्रोत ह्यारी पोटरका किताब र फिल्म सिरिजमा मात्र सीमित नरहेको कस्मोपोलिटनको भनाइ छ। 

फोर्ब्सका अनुसार यी लेखिकाले युनिभर्सल स्टुडियोको विजार्डिङ वर्ल्डबाट पनि आफ्नो आमदानी पाउँछिन्। यसका साथै उनको वेबसाइट ‘पोटरमोर’ले पनि कमाइ गरिरहेको छ। सन् २०१६ मा यो वेबसाइटले १९ लाख अमेरिकी डलर कमाएको रिर्पोटले बताएको छ। 

गत वर्ष फोर्ब्सले निकालेको सर्वाधिक कमाइ गर्ने व्यक्तिको सूचीमा रोलिङको कमाइ ६० लाख अमेरिकी डलर थियो। सन् २०१७ मा भने उनको कमाइ ९५ लाख अमेरिकी डलर रह्यो।

यसैगरी, सन् २०२० मा ुसन्डे टाइम्सुले निकालेको धनी व्यक्तिको सूची अनुसार रोलिङको कमाइ सात करोड ९५ लाख यूरो थियो। यो करिब तर यी धनी लेखकले आफू अरबपति रहेको भनेर कहिल्यै स्वीकार गरेकी छैनन्। 

सन् २००५ मा एक अन्तर्वार्ता क्रममा उनले भनेकी थिइन्, ‘अहिले मसँग धेरै पैसा छ। मैले सोचेभन्दा पनि धेरै। तर म अरबपति भने होइन।’

कयौं संस्थालाई चन्दा दिएकाले पनि रोलिङ चर्चित छिन्। यसैले गर्दा उनी अरबपतिको सूचीमा पर्न नसकेको अनुमान गरिन्छ। 

सन् २०१२ मा उनले करिब एक करोड ६० लाख अमेरिकी डलर चन्दा दिएकी थिइन्।
 

प्रतिक्रिया दिनुहोस