प्रेम दिवसका लागि १ करोड रुपैयाँको गुलाफको फूल माग

सफल खबर संवाददाता

मंगलबार, २७ माघ २०७७, १२ : ०९
प्रेम दिवसका लागि १ करोड रुपैयाँको गुलाफको फूल माग

काठमाडौँ । नेपाल फ्लोरिकल्चर एसोसिएशनले प्रणय दिवसमा झण्डै १ करोड रुपैयाँको गुलाफको फूल माग गरिएको जनाएको छ । प्रेम दिवस फेब्रअरी १४ आउन ४ दिन बाँकी छ । यस दिन प्रेमी जोडीहरुले एक–अर्कालाई फूल, कार्ड र उपहार स्वरुप विभिन्न सामानहरु आदनप्रदान गर्ने चलन छ ।

यस वर्षको प्रेम दिवसमा अनुमानित १ लाख २० हजार स्टिम गुलाफको फूलको माग रहेको फ्लोरिकल्चर एशोसियसन अफ नेपाल (फ्यान) ले जनाएको छ ।

एशोसियसनका अध्यक्ष कुमार कसजुका अनुसार माग हुने गुलाफमा डच रोज तथा कलकत्ते लोकल रोज रहेका छन् ।

‘यो नेपालभरीको अनुमानित बजार माग हो, काठमाडौँ उपत्यकामा मात्र करिब ७२ हजार स्टिम गुलाफ खपत हुने र बाँकी ४८ हजार स्टिम गुलाफ काठमाडौँ भ्याली बाहिरको शहरहरुमा खपत हुन्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस