काठमाडौँ । कर्मचारी बढुवासम्बन्धी विवादले नेपाल राष्ट्र बैंक तनावग्रस्त बनेको छ । कनिष्ठलाई बढुवा गरेको भन्दै नेपाल राष्ट्र बैंकका कर्मचारी संगठनहरुले व्यवस्थापनको विरोध गरेपछि राष्ट्र बैंकभित्रको विवाद सतहमा देखिएको हो । राष्ट्र बैंकभित्र रिक्त उपनिर्देशकको बढुवा गर्ने क्रममा यस्तो विवाद देखिएको हो ।
नेपाल राष्ट्र बैंकमा सामान्यतया वरियताको आधारमा बढुवा हुँदै आएको थियो । पदपूर्ति समितिले बढुवाको लागि आवेदन खुला गरेको समयभित्र फाराम भरेकामध्ये छनौट गरिन्थ्यो । विभागीय कारबाहीमा परेकालाई वा बढुवा रोक्का भएकाहरु भने बढुवामा सहभागी हुन नपाउने व्यवस्था थियो ।
यसपटक सो बैंकभित्र १५ जना उपनिर्देशक पद खाली थियो ।
सहायक निर्देशक तहमा कम्तीमा ५ वर्ष योगदान गरेका कर्मचारी यस्तो बढुवाका लागि योग्य मानिन्थे, यसका लागि एक सय भन्दा बढी कर्मचारीहरु योग्य थिए । तर, वरियताकै आधारमा बढुवा हुने भएपछि कतिपय फाराम नै नभरी बसेका थिए । जुनियर नै भए पनि केहीले भने बढुवा प्रक्रियामा सहभागिता जनाएका थिए ।
यसपटक पनि अरु बढुवा पहिलेअनुसार नै भयो । वरियता सूचीमा १५ जनामध्ये एक जनालाई विभागीय कारबाही गरिएको थियो । त्यसकारण ती व्यक्ति प्रक्रियाबाट बाहिर थिए । बैशाखमा ३० वर्षे सेवा अवकाश वैशाखमा अनिवार्य अवकाश पाउँदै गरेका एकजनालाई पनि बढुवा प्रक्रियाबाट वञ्चित गरियो । यी दुई बाहिर रहँदा पनि १६ औं नम्बरसम्मको १४ जनालाई बढुवा गरिएको थियो । १७ औं नम्बरमा बढुवा हुनुपर्ने व्यक्तिको सट्टामा भने ८५ औं वरियताको व्यक्तिलाई ल्याइएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ माघ २०७७, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंक(तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
असार १५ भित्रै मौद्रिक नीति ल्याउने तयारी
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो