चितवन । भरतपुर महानगरपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोग अन्तर्गतको लगत संकलन ईकाईको स्थापना गरिएको छ । कार्यालयमा स्थापना गरिएको लगत संकलन ईकाइको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।
महानगर प्रमुख रेनु दाहालले कार्यलय उद्घाटन गरेसंगै अब महानगरले औपचारिक रुपमा भूमि समस्या समाधानका लागि काम थालेको हो । महानगरले ईकाई अन्तर्गतका कर्मचारीका लागि अभिमुखीकरण समेत प्रदान गरेको छ ।
देशैभरका भूमिहिन र अव्यवस्थित बसाई बसिरहेकाहरुको समस्या समाधानका लागि नेपाल सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेको थियो । सोही आयोगले अहिले जिल्लामा समेत पूर्णता पाएको छ ।
महानगरले पनि भूमिहीनका समस्या समाधानका लागि कर्मचारी भर्ना गरी लगत संकलन थालेको हो । भरतपुर महानगरभित्रका सबै भूमिहीनको समस्या समाधान गर्ने आफूहरुको चुनाबी घोषणा नै रहेको र त्यसलाई पूरा गर्न महानगरले कार्यालय स्थापना गरी काम थालनी गरेको महानगर प्रमुख रेनु दाहालले बताइन् । आफ्नो कार्यकालभित्रै महानगरका सबै भूमिहीनको समस्या समाधान गरिने मेयर दाहालको भनाई छ ।
कर्मचारीले फिल्डमा पुगेर लगत संकलन गर्ने संकलित लगतको आधारमा आफूहरुले भूमि समस्या समाधान गर्ने दाहालको भनाई छ । आउँदो असार मसान्तभित्रैमा लगत संकलन गर्ने र छिटोभन्दा छिटो पुर्जा हस्तान्तरण गर्ने उनले प्रतिवद्धता जनाइन् ।
कार्यक्रममा महानगर उपप्रमुख पार्वती शाह ठकुरीसहित वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
शुक्रबार, २३ माघ २०७७, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेनु दाहालको चुनाव खर्च १४ लाख
भारतीय प्रधानमन्त्री मोदी सहभागी हुने एनएक्सटी समिटमा रेनु दाहालले सम्बोधन गर्ने
सोबिता गौतमलाई बधाई दिँदै रेनु दाहालको प्रतिक्रिया : जनताको अमुल्य मतको सम्मान गर्दछु
चितवन–३ : सोविताभन्दा रेनु ६९९ मतले पछाडि
चितवन–३ मा रेणु दाहालको दाबी: अनुभव र कामकै आधारमा योग्य उम्मेदवार
रेनु दाहालले सार्वजनिक गरिन वेवसाईट