काठमाडौं । नेपालले कोभ्याक्समार्फत २० लाख बढी डोज कोरोनाविरुद्धको खोप पाउने भएको छ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले २० लाख भन्दा बढी डोज भ्याक्सिन नेपालले पाउन लागेको जानकारी दिएकी हुन् । उनका अनुसार आगामी महिना खोप नेपाल आउनेछ ।
‘बेलायत सरकारको कोभ्याकसलाई करिब साढे सात खर्ब (५५० मिलियन पाउण्ड) रकमको सहयोगले नेपाललाई २० लाख भन्दा बढी डोज खोप आगामी महिनामा आइपुग्ने भएकोले निकै हर्षित छु’, उनले ट्वीटरमार्फत भनेकी छिन्, ‘ नेपाल सरकार परराष्ट्र मन्त्रालयल, विश्व स्वास्थ्य संगठन नेपाल र युनिसेफ नेपालसँगको सहकार्यमा खोप वितरण हुनेछ ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ माघ २०७७, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप