काठमाडौं । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से परिसूचक ८ दशमलव ३४ अंकले बढेर २ हजार ४ सय ७५द दशमलव २६ अंकले बढेको हो ।
नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १।६८ अंकले बढेको छ । कारोबार रकम ८ अर्ब पनि पुग्न सकेन । दिनभर भएका ७१ हजार ८ सय ६६ कारोबारबाट २०१ कम्पनीका १ करोड ८६ लाख ६० हजार ८ सय ११ कित्ता सेयर किनबेच भएका छन् ।
जसबाट ७ अर्ब ५८ करोड ७९ लाख २४ हजार ५ सय ३५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम बुधबारको भन्दा कम हो । बुधबार ९ अर्ब भन्दा माथिको कारोबार भएको थियो । समूहगत रुपम हेर्दा व्यापार समूहको सबइन्डेक्स सबैभन्दा धेरै ४।५१ प्रतिशतले वृद्धि भएको छ ।
हाइड्रोपावर, उत्पादनमूलक, निर्जिवन बिमा, लघुवित्त र अन्य समूहमा रहेका कम्पनीहरुको सेयर मूल्य बढेको छ । बैंक, विकास बैंक, होटल, जीवन बिमा लगायतका समूह भने घटेर राताम्मे देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०७७, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार