प्रिन्सिपलहरुको भर्चुअल सम्मेलन सम्पन्न

सफल खबर संवाददाता

मंगलबार, २० माघ २०७७, १७ : २१
प्रिन्सिपलहरुको भर्चुअल सम्मेलन सम्पन्न

काठमाडौँ । गोयथे इन्स्टिच्युटले साउथ एशिया नर्थ २०२१ “द जर्मन वेज् एण्ड द वेज् वीथ जर्मन” शिर्षकमा PASCH प्रिन्सिपलहरुको भर्चुअल सम्मेलन सम्पन्न गरेको छ ।

PASCH भनेको “विद्यालयहरुः भविष्यका लागि साझेदारी” हो । गोयथे इन्स्टिच्युटद्वारा अनुदान प्रदत्त उत्तरी दक्षिण एशिया क्षेत्रका PASCH स्कूलहरुका प्रिन्सिपलहरुलाई एकै ठाऊँमा ल्याउने अभिप्राय हो । उत्तरी दक्षिण एशियाका PASCH स्कूलहरुका ४० भन्दा बढी प्रिन्सिपलहरु सहभागी भएका थिए ।

युवावस्थाका विद्यार्थीहरुका लागि उज्ज्वल भविष्य र प्रिन्सिपलहरुलाई अप्रयुक्त अवसरहरु भित्रको अन्तद्र्दृष्टि प्रदान गर्ने उद्देश्यका साथ गोयथे इन्स्टिच्युटले पहिलो “द जर्मन वेज् एण्ड द वेज् वीथ जर्मन” शिर्षकमा यही २०२१ जनवरी २२ देखि २४ सम्म तीन दिने पहिलो भर्चुअल PASCH प्रिन्सिपल्स सम्मेलन साउथ एशिया नर्थ २०२१ सम्पन्न ग¥यो । सम्मेलनको लक्ष्य गोयथे इन्स्टिच्युटको सहयोगमा संचालित उत्तरी दक्षिण एशियाका क्षेत्रका PASCH स्कूलहरुका प्रिन्सिपलहरुलाई एकै ठाऊँमा ल्याउनु रहेको थियो । 

उक्त ३ दिने सम्मेलनको दौरान विद्यालयका प्रिन्सिपलहरुसँगै एक आपसमा PASCH पहल र यसका लक्ष्यहरुका बारेमा सविस्तार एवं दक्षिण एशियामा विद्यार्थीहरुका लागि परिणाममुखी दृष्टिकोणमा छलफल चलाइएको थियो ।

उक्त समारोहमा दक्षिण एशियाकी PASCH प्रमुख भेरोनिका तरान्जिन्स्काजाले भन्नुभयो “सम्मेलनले एक अर्कासँग सम्बन्धित शैक्षिक सरोकारका विषयहरुको अन्तरसम्बन्धमाथि प्रकाश पा¥यो र त्यसमा छलफल चलायो । सम्मेलनलाई डिजिटल स्वरुपमा चलाइएका हुँदा प्रत्यक्ष भेटहरु हुन पाएन तर हामी नेपाल, भारत, बँगलादेश, पाकिस्तान र इरानका प्रिन्सिपलहरु र तिनका प्रतिनिधिहरुबीच आत्मीयता साटासाट गराउने कार्यमा सफल भएका छौं ।

सम्मेलनको पहिलो दिनमा अतिथिहरुलाई साउथ एशिया रिजनका प्रमुख एवं रिजनल इन्स्टिच्युट, नयाँ दिल्लीका निर्देशक डा. बर्थहोल्ड फ्र्यान्कका साथै गोयथे इन्स्टिच्युट, म्युनिकका भाषा विभाग प्रमुख डा. क्रिस्टोफ भेल्डह्युजले स्वागत गर्नु भएको थियो । यसैगरी सम्मेलनको सहयोगी संस्था जर्मन एम्बेसीको कल्चरल एण्ड भिसा विभाग, नयाँ दिल्लीद्वारा जर्मनका लागि भिसा आवेदन सम्बन्धमा महत्वपूर्ण सुझावहरुका साथै दक्षिण एशियामा PASCH सञ्जालको भूमिकाको बारेमा प्रारम्भिक मन्तव्य राखिएको थियो ।

PASCH पहलको मुख्य उद्देश्यहरु जस्तै जर्मनी प्रतिको उत्साह र जागरण रुची, युवा समुदायलाई जर्मन भाषा सिक्न अभिप्रेरित गराउने, अन्तर–सांस्कृतिक समझदारी जगाउने, विद्यार्थीहरु बीच ट्रान्सकल्चरल अन्तरक्रियाको लागि स्थानहरु सिर्जना गरिदिने भन्ने विषयहरु पेश गरिएका थिए । PASCH परियोजना २०२०/२०२१ को सम्बन्धमा भेरोनिका तरान्जिन्स्काजाले आफ्नो प्रस्तुती दिनु भएको थियो ।

स्कूलका प्रिन्सिपलहरुले DAAD बाट जर्मनीमा काम गर्ने, अध्ययन गर्ने र आवासका बारेमा पनि जानकारी पाएका थिए । प्रो–मान्यतासँगैं CHK का प्रतिनिधिहरुले कस्तो प्रोफेसनल दृष्टिकोणहरु, दक्षिण एशियाली स्नातकहरुले विशेष गरेर प्रशिक्षणताका सन्दर्भमा तथा ठोस शर्तहरुका विषयमा, प्रो मान्यताबाट शैक्षिक योग्यताको मान्यताका लागि कस्तो सहयोगको अपेक्षा राख्न सक्छन् भन्ने योजना देखाएका थिए ।

यसैगरी PASCH स्कूलहरुमा कसरी प्रोफेसनल अभिमुखीकरणले स्थान लिन सक्छ भन्ने विषयमा पनि एक नमूना प्रस्तुत गरिएको थियो । अधिकाँश स्कूलका प्रिन्सिपलहरुले सोही विषयमा रुची देखाएका थिए । सम्मेलनको दोस्रो दिन बारक्याम्पको दौरान स्कूलका प्रिन्सिपलहरुले हरेक दिनको विद्यालय जीवनबाट वर्तमान शैक्षिक विषयहरु ल्याएका थिए । अल्मुनाई सञ्जाल निर्माण, नयाँ विश्वको सिकाई र अनलाइन सिकाईमा कक्षाकोठाको व्यवस्थापन विषयहरुमाथि प्रेरणादायी सहभागीताहरु संचालन गरिएका थिए, जसले रचनात्मक छलफलको नेतृत्व ग¥यो ।

जर्मन फर इन्जिनियर्स २०१८ का सह–लेखक तथा GFL पाठ्यक्रममा STEM शब्दावलीका विज्ञ डा.स्टेन्मेत्जले PASCH स्कूलहरुका STEM क्लबहरुमा कसरी प्राविधिक भाषाको प्रवद्र्धन गर्न सकिन्छ भन्ने बारेमा व्याख्या गर्नु भएको थियो । यो विषयले दक्षिण एशियाली हाईस्कूलका स्नातकहरु, जसले जर्मनीलाई आफ्नो अध्ययन स्थलको रुपमा र STEM सम्बद्ध विषयहरुका लागि ऐच्छिकको रुपमा रोज्छन् उनीहरुका लागि धेरै महत्व राख्दछ ।

१००० स्कूलहरुका जर्मन प्रमुख श्रीमती पुनीत कौरद्वारा संचालित  यी अनौठा जर्मन बाटोहरु नामक कार्यशालाले सहभागीहरुमा पर्याप्त विविधता र हाँसो उत्पन्न गराइदिएको थियो । प्रिन्सिपलहरुले लर्न जर्मन १ कोर्स मार्फत् जर्मन भाषासम्मको पहुँच पनि पाएका थिए ।

प्रतिक्रिया दिनुहोस