चितवन । पूर्वगृहमन्त्री जनार्दन शर्माले संसद विघटनपछि संविधान कोमामा पुगेको भन्दै यसलाई बचाउन संसद पुनर्स्थापना गर्नु पर्ने बताएका छन् ।
भरतपुरमा मंगलबार आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपालको स्थापना दिवस तथा तेस्रो वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्वमन्त्री शर्माले भने, ‘प्रधानमन्त्री ओलीले यो संविधानमा प्रहार गर्नुभयो, आक्रमण गर्नुभयो । त्यो आक्रमणबाट राजनीतिक दुर्घटना निम्तिएको छ । आज संविधान कोमामा छ । निजी स्वार्थका लागि संविधान कोमामा लगिएको छ । समग्र संविधान सिध्याउने र प्राप्त अधिकार पछाडि पार्ने काम भएको छ ।’
उनले संविधानको रक्षा गर्न संसद पुनर्स्थापनाको माग गरिएको बताए । सबै पार्टी एकभई प्राप्त अधिकार रक्षा गर्न आन्दोलनमा होमिनुको विकल्प नभएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० माघ २०७७, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !