काठमाडौँ । मकवानपुरको नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका(२ बस्ने ४१ वर्षीय राजेन्द्रबहादुर दमाइ रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उनलाई हेटौंडा उपमहानगरपालीका(१९ नेवारपानीस्थित सडकखण्डबाट मंगलबार पक्राउ गरेको हो ।
मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना २ ह ४१०९ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटो चालक समेत रहेका उनी पक्राउ परेका हुन् ।
चालक बस्ने सिटमुनी लुकाएर ल्याउँदै गरेको अवस्थामा ११ किजी गाँजा, ६७ हजार नगद र भारु। २ हजार ५ सय पनि बरामद भएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० माघ २०७७, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ