काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइसँग कुरा गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारतमा कल गर्न पाइने गरी दैनिक र ३ दिने सहुलियत प्याक गरी दुई वटा भ्वाइस प्याकहरु ल्याएको छ ।
यो अफर एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।
दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले कर सहितमात्र रु २५ मा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइ वा व्यापार व्यावसायका समकक्षीसँग कुनै पनि भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्छन् । दैनिक प्याक सुचारु भएपछि २४ घण्टासम्म यसको समय सिमा रहन्छ । यो भ्वाइस प्याकखरिद गर्न प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ एस्ट्रिक्स १ ह्यास डायल गर्न सक्छन् ।
त्यस्तैगरी विन्टर अफर अन्तर्गत प्रिपेड ग्राहकका लागि ३ दिने सहुलियत दरको भ्वाइस प्याक पनि रहेको छ । तीनदिनको समय सिमा रहेको यो भ्वाइस प्याक ग्राहकले कर सहित मात्र रु १४ मा खरिद गर्न सक्छन् र मात्र रु १.९९ प्रतिमिनेट (कर सहित रु २.५४ प्रतिमिनेट) को दरमा भारत कल गरी आफ्ना परिवारका सदस्यतथा साथिभाइसँग सम्पर्कमा रही रहन सक्छन् ।
भ्वाइस प्याक बिना भारत कलगर्दा विद्यमान शुल्क रु २.९९ प्रतिमिनेट (कर सहित रु ३.८२ प्रतिमिनेट) रहेको छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ एस्ट्रिक्स २ ह्यास डायल गरी यो भ्वाइस प्याक सजिलै सुचारु गर्न सक्छन् ।
आफ्ना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्ने प्रतिबद्धता अनुरूप यो योजना ल्याइएको कम्पनीले जनाएको छ । भारतमा रहेका परिवारजन, आफन्त, साथीभाइ वा व्यापार व्यावसायसँग सम्बन्धित समकक्षीहरूसँग सुलभ दरमा कुरा गर्न सकिने गरी प्रिपेड ग्राहकका लागि भ्वाइस प्याक ल्याउन पाएकोमा निकै हर्षित रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० माघ २०७७, ०२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेलको सिइओमा माइकल फोले नियुक्त
शुक्रबार एनसेलको सेवा तीन घण्टा अवरुद्ध हुने
एनसेलले भन्यो-‘हामी फेरि उठ्ने छौँ, तपाईँहरू सँगै’
एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित
एनसेल बन्यो आइएसओको मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी