धनगढी । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले मात्रै आफूहरु चुप लागेर बसेको बताएका छन् । सर्वोच्च अदालतमा मुद्दा हुँदैनथ्यो भने आफूहरुसँग संसद् बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने तागत रहेको प्रचण्डले बताए ।
शनिबार कैलालीको धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले संसद् बैठक बसेर केपी ओलीलाई कारबाही गर्ने तागत आफूहरुसँग रहेको बताए । आफूपक्षीयसहित काँग्रेस र जसपाका गरीदुई तिहाइ सांसद ओलीको प्रतिगमनको विपक्षमा रहेको भन्दै प्रचण्डले ओलीको सनको भरमा प्रतिनिधिसभा विघटन हुन नसक्ने बताए ।
ओलीको कदमविरुद्ध सभामुखले बैठक बोलाउने र ओलीले राष्ट्रघात गरेको ठहर गर्दै प्रधानमन्त्रीबाट हटाउँदै उनलाई कारबाही गर्ने अधिकार संसदले राख्ने उनको भनाइ थियो । प्रचण्डले सर्वोच्च अदालतले मुद्दाको सही फैसला गर्नेमा आफू विश्वस्त रहेको पनि बताए ।
ओलीले संविधानमाथि कुल्चिनु भनेको जनताको सार्वभौम अधिकारमाथि कुल्चिनु पनि हो भन्दै प्रचण्डले उनी तानाशाहको उदाहरण भएको टिप्पणी गरे । तर उनलाई प्रतिगमनको यात्रालाई परास्त गरेरै छाड्ने प्रचण्डले उद्घोष गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०७७, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाले माग्यो मुख्यमन्त्री शाहको राजीनामा
नेकपाको प्रतिवद्धता पत्रः १० प्रतिशत आर्थिक वृद्धि, प्रतिवर्ष ५ लाख रोजगारी, प्रत्यक्ष निर्वाचित कार्यकारी र सुशासनको ‘समाजवादी मार्गचित्र’
निर्वाचन तयारी सुदृढ बनाउन नेकपाले सातै प्रदेशमा नेताहरूलाई खटायो
आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीबाट अलग भएको समूह नेकपामा समाहित
बद्री न्यौपाने नेकपामा प्रवेश
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित