आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, १७ माघ २०७७, ०९ : ५७
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको मौसममा पनि आंशिक बदली रहने  जनाएको छ । यस बाहेक अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्।

प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । शनिबार राति प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै तराईका केही भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन्।

प्रतिक्रिया दिनुहोस