काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षले दल दर्ताको प्रक्रिया अगाडी बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
शुक्रबार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन गर्नुको विकल्प नभएको भन्दै तदारुकताका साथ दल दर्ताको काम अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको बताए ।
उनले निर्वाचन आयोगले ढिलो नगरी काम अगाडी बढाउनुपर्ने भन्दै निर्वाचनको काममा आफुहरुको सहयोग र समर्थन रहने पनि बताए । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सुचना प्रकाशन र आयोगले निर्वाचन तयारीको सम्बन्धमा हालसम्म गरेका कामको विषयमा
छलफल गर्न भनि शुक्रबार नेकपाको दुवै पक्षलाई बोलाएको थियो । ओली पक्षको तर्फबाट नेकपा नेता सुवासचन्द्र नेम्वाङ र मन्त्रीद्धय बिष्णुप्रसाद पौडेल र कृष्णगोपाल श्रेष्ठ उपस्थित भएका थिए ।
आयोगसँगको छलफल पछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने कुरा निर्वाचन आयोगमा राखिएको जानकारी दिएो । आयोगले निर्वाचनसम्बन्धी तयारी गर्न ढिला गर्नु नहुने उनको भनाई छ । नेम्वाङले नेकपा आधिकारिकताको विवाद निर्वाचन आयोगले टुङ्ग्याइसकेको पनि बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले भने छलफलमा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल उपस्थित हुन चाहेपनि उपत्यकाबाहिर भएका कारण उपस्थित हुन नसकेकोले माघ १८ गतेपछि छलफल राख्न औपचारिक पत्र पठाएको थियो । नेताहरु राजेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधान आयोग पुगरे पत्र बुझाएका थिए ।
सञ्चारकर्मीमाझ प्रतिक्रिया दिदैँ नेता राजेन्द्र पाण्डेले अध्यक्षद्धयको सहभागिता हुन नसकेका कारण पछि छलफल राख्न आग्रह गरिएको बताए । नेकपा आधिकारिकताको सम्बन्धमा विवाद भइरहेको बेला विवाद निरुपण नगरी दल दर्ताको सुचना निकाल्नु नहुने उनको भनाई छ ।
आयोगले निर्वाचन गराउने उद्देश्य नराखेको उनँको भनाई छ । निर्वाचन आयोगले निधारमा कालो धब्बा लगाउने प्रकारको काम गरेको उनले टिप्पणी गरे ।
निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले नेकपाको दुवै पक्षले निर्वाचन आयोगसमक्ष आधिकारिकताको निम्ति दाबी पेश नगरेको बताए । आयोगले निर्वाचनको तयारी गरिरहेको उनकोे भनाई छ ।
निर्वाचन आयुक्त पौड्यालले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आधिकारिकताबारे निर्वाचन आयोगले कुनैपनि निर्णय नगरेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ माघ २०७७, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आयोगमा सुवेदीको उजुरी- मलाई राप्रपाको अनुशासन समितिमा यथावत् बहाल गरियोस् (पूर्णपाठ)
राप्रपाको अनुशासन आयोगबाट हटाइएपछि नवराज सुवेदी निर्वाचन आयोगमा
उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले पुनः सुरु गर्यो मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य
राष्ट्रिय दलको मान्यता पाउन संघमा तीन प्रदेशको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव
मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु गर्ने आयोगको निर्णय