काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गरेका छन् । काठमाडौं महानगरपालिका–१४ खड्का गाउँमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।
सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँ गाउँमा चुनाव प्रचारमा लागिसकेको जिकिर गर्दै उनले अब मुलुक चुनावमय भैसकेको दाबी गरे । उनले यो सरकारले दर्जनौ गौरबका योजना सम्पन्न गर्दा पनि काम गर्न नसकेको आरोप लगाउनु मुर्खता भएको बताउँदै अधिकांश आयोजना यही सरकारले पुरा गरेका बताए ।
रानीपोखरी बन्यो, धरहरा बन्दैछ, देशका दुई ठुला अन्तर्राष्ट्रिय विमानस्थल तयार भए, पाइपलाइनबाट तेल आउन थालिसक्यो, रेल सञ्चालन अन्तिम तयारीमा पुगेको छ, ठाउँ–ठाउँमा सुरुङमार्ग निर्माण भैरहेका छन भन्नुस् त यो काम कसले ग¥यो रु सबै यही सरकारको प्रगति हो ।’
उनले मुलुकलाई थप विकासको गतिमा लैजान निर्वाचन अपरिहार्य भएकोले सरकारले आगामी वर्ष बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिसकेको दोहोर्याए । उनले देशका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये आफ्नो क्षेत्रमा विकासको लहर ल्याउन सफल भएको दाबी गर्दै उनले भने–‘मैले गरेको विकास मेरो पार्टीको लागि मात्रै होइन, सबै जनता सबै पार्टी र मेरो निर्वाचन क्षेत्रको लागि हो ।’
उनले करिब साढे २ वर्षको अवधिमा आफुले बलम्बुदेखि दहचोक, रामकोटदेखि भीमढुंगा लगायत सबै क्षेत्रमा विकासका दर्जनौ योजना सम्पन्न हुने कार्य भैरहेको जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ माघ २०७७, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वचालित विधिबाट तोकियो कक्षा १२ को परीक्षा केन्द्रहरू
शिक्षामा थपिएको सृजनाले विद्यार्थी उत्साहित
कन्सल्टेन्सी सञ्चालन गर्न धरौटी बुझाउनु पर्ने
टेरामक्स प्रविधिको आवश्यकता र औचित्यबारे स्पष्ट दृष्टिकोण पेश गर्न मन्त्रालयलाई निर्देशन
राष्ट्रिय शिक्षा दिवस : यी हुन् राष्ट्रिय स्तरमा पुरस्कृत हुने विद्यालयहरु
'सकारात्मक परिवर्तनका लागि शिक्षा’