चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति नलिई सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) तथा वैदेशिक रोजगार सेवा प्रदायक संस्था (म्यानपावर) का शाखा तथा सम्पर्क कार्यालयहरूलाई बन्द गर्न निर्देशन दिएको छ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायबाट स्वीकृति नलिई सञ्चालनमा रहेका संस्थाहरूलाई १५ दिनभित्र कार्यालय बन्द गर्न वा आवश्यक अनुमति तथा नवीकरण गर्न आग्रह गरेको हो।
प्रशासनका अनुसार केही संस्थाहरूले नियमित कार्यालय सञ्चालन नगरीकन पनि भिसा प्रक्रिया, जागिरको ग्यारेन्टी जस्ता भ्रामक तथा अनावश्यक आश्वासन दिँदै सेवा प्रदान गरिरहेको गुनासो आएपछि यस्तो सूचना जारी गरिएको हो।
सूचनामा तोकिएको समयभित्र बन्द नगरे वा अनुमति नलिई सञ्चालन जारी राखेमा प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।
उक्त सूचना सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा द्वारा जारी गरिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ चैत्र २०८२, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन
ब्रिज कोर्समा रोक: २४ घन्टामै निर्णय सच्याउँदै शिक्षा मन्त्रालय पछि हट्यो
विदेशी शिक्षामा बेथिति : आफैँले दिएको अनुमति रद्द गराउँदै मन्त्रालय
अत्याधिक चिसो बढेपछि भरतपुरका विधालय तथा कलेज एक दिनका लागि बन्द
अत्याधिक चिसो बढेपछि भरतपुरका विधालय तथा कलेजहरु बन्द