काठमाडौ । वैदेशिक शिक्षा स्वदेशमा भित्र्याउने नाममा सञ्चालित केही शिक्षण संस्थाले मनपरी रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरेको पाइएको छ ।
यस्ता केही शिक्षण संस्थाको बदमासीका कारण विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा पढाइ सञ्चालन गरिरहेका समग्र शैक्षिक संस्थाप्रति नै नकारात्मक सन्देश गएको छ। साथै यस्तो बेतिथि रोक्न नसकेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमाथि पनि पटक पटक असन्तुष्टि थोपरिने गरेको छ ।
पछिल्लो समय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा शैक्षिक कार्यक्रम सञ्चालन गरेका यहाँका तीन वटा शैक्षिक संस्थालाई चेतावनीका रूपमा पत्राचार गरेर प्रचलित विधि अनुसार मात्रै शैक्षिक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ।
मन्त्रालयको उच्च शिक्षा शाखाका अनुसार थापाथलीमा सञ्चालित द ब्रिटिस कलेज, लगनत्वेलमा सञ्चालित एकेडेमी अफ कुलिनरी आर्टस् र तीनकुनेमा सञ्चालित आइएसएमटी कलेजलाई पत्राचार गरिएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २० पुस २०८२, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन
ब्रिज कोर्समा रोक: २४ घन्टामै निर्णय सच्याउँदै शिक्षा मन्त्रालय पछि हट्यो
चितवनमा अनुमति नलिएका कन्सल्टेन्सी र म्यानपावर संस्थालाई १५ दिनभित्र बन्द गर्न निर्देशन !
अत्याधिक चिसो बढेपछि भरतपुरका विधालय तथा कलेज एक दिनका लागि बन्द
अत्याधिक चिसो बढेपछि भरतपुरका विधालय तथा कलेजहरु बन्द