काठमाडौं। निर्वाचन आयोगले शुक्रबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै समूहसँग छलफल गर्न लागेको छ।
आयोगले बिहीबार नेकपाका ओली र प्रचण्ड नेपाल समूहलाई छलफलका लागि बोलाएको थियो।
शुक्रबार बिहान साढे ११ बजे नेकपा ओली पक्षका नेताहरू र प्रचण्ड(नेपाल पक्षका नेताहरूसँग आयोगले छलफल गर्न लागेको हो।
अध्यक्ष वा अध्यक्षले पठाएका पाँचरपाँच जना प्रतिनिधिसँग आयोगले छलफल गर्दैछ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र आयोगले निर्वाचन सम्बन्धी हालसम्म गरेका तयारीबारे जानकारी दिने विषय’ मा छलफल गर्न लागिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड(नेपाल गरी दुई समूह क्रियाशील छ।
यी दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका छन्। तर आयोगले दुबै समूहलाई आधिकारिकता दिएको थिएन।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचन तय गरेका छन्। तर प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ माघ २०७७, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगमा ३३ वटा दलले बुझाए गत आर्थिक वर्षको आय-व्यय विवरण
निर्वाचन आयोगले थप्यो दल दर्ताको समय
राष्ट्रिय सभा निर्वाचनमा भाग लिन एमालेले निर्वाचन आयोगमा गरायो दल दर्ता
निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न आग्रह
६ लाख २० हजार नयाँ मतदाता थपिए
अब प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने