काठमाडौं। निर्वाचन आयोगले शुक्रबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै समूहसँग छलफल गर्न लागेको छ।
आयोगले बिहीबार नेकपाका ओली र प्रचण्ड नेपाल समूहलाई छलफलका लागि बोलाएको थियो।
शुक्रबार बिहान साढे ११ बजे नेकपा ओली पक्षका नेताहरू र प्रचण्ड(नेपाल पक्षका नेताहरूसँग आयोगले छलफल गर्न लागेको हो।
अध्यक्ष वा अध्यक्षले पठाएका पाँचरपाँच जना प्रतिनिधिसँग आयोगले छलफल गर्दैछ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र आयोगले निर्वाचन सम्बन्धी हालसम्म गरेका तयारीबारे जानकारी दिने विषय’ मा छलफल गर्न लागिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड(नेपाल गरी दुई समूह क्रियाशील छ।
यी दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका छन्। तर आयोगले दुबै समूहलाई आधिकारिकता दिएको थिएन।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचन तय गरेका छन्। तर प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ माघ २०७७, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश