काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ । यसबाहेक अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने मौसमविदले जनाएका छन्।
प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
शुक्रबार राति पनि देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा शुक्रबार राति पनि हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ।
अहिले बिहान देशका केही पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ भने तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ माघ २०७७, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना