काठमाडौं । नेकपाको दुवै पक्षलाई निर्वाचन आयोगले छलफलको लागि बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार शुक्रबार विहान साढे ११ बजे छलफलका लागि बोलाइएको हो । आयोगले नेकपाका अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका ५ जना प्रतिनिधि र र पुष्पकमल दाहाल प्रचण्डसहित पार्टीका ५ जना आधिकारिक व्यक्तिलाई बोलाएको हो ।
केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र पठाएर छलफलका लागि बोलाइएको हो । आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न आयोगले बोलाएको हो । निर्वाचनसम्बन्धी कानुनमाथि छलफल र निर्वाचनको तयारीका विषयमा पनि छलफल हुनेछ ।
नेकपाको दुईवटै पक्षले आफूलाई नेकपाको आधिकारिक दावी गर्दै आएका छन् । निर्वाचन आयोगले नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको एकमात्र नेकपालाई आधिकारिक भएको जनाएको छ । आयोगमा दिएको निवेदनमा दुबै पक्षको दावी नपुग्ने भन्दै विवादअघिको नेकपालाई आधिकारिक भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ माघ २०७७, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश