काठमाडौं । नेकपाको दुवै पक्षलाई निर्वाचन आयोगले छलफलको लागि बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार शुक्रबार विहान साढे ११ बजे छलफलका लागि बोलाइएको हो । आयोगले नेकपाका अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका ५ जना प्रतिनिधि र र पुष्पकमल दाहाल प्रचण्डसहित पार्टीका ५ जना आधिकारिक व्यक्तिलाई बोलाएको हो ।
केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र पठाएर छलफलका लागि बोलाइएको हो । आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न आयोगले बोलाएको हो । निर्वाचनसम्बन्धी कानुनमाथि छलफल र निर्वाचनको तयारीका विषयमा पनि छलफल हुनेछ ।
नेकपाको दुईवटै पक्षले आफूलाई नेकपाको आधिकारिक दावी गर्दै आएका छन् । निर्वाचन आयोगले नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको एकमात्र नेकपालाई आधिकारिक भएको जनाएको छ । आयोगमा दिएको निवेदनमा दुबै पक्षको दावी नपुग्ने भन्दै विवादअघिको नेकपालाई आधिकारिक भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ माघ २०७७, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बन्द सूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने
आगामी चुनावका लागि मतदाता नामावली छपाई सुरु
निर्वाचन आयोगले दुःख दियो : रवीन्द्र मिश्र
समानुपातिकको बन्द सूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी
निर्वाचन आयोगमा काँग्रेसले बुझायो बन्द सूची
७ वटा दलले बुझाए समानुपातिकको सूची