देशभर एकैपटक धेरै संख्यामा सरकारी जागिर खुल्यो, ४७ हजार कर्मचारी माग (सूचनासहित)

सफल खबर संवाददाता

बुधबार, १४ माघ २०७७, ११ : ४९
देशभर एकैपटक धेरै संख्यामा सरकारी जागिर खुल्यो, ४७ हजार कर्मचारी माग (सूचनासहित)

काठमाडौं । सरकारले करार सेवामा ४७ हजार जना कर्मचारी माग गरेको छ ।

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना कार्यक्रम अन्तर्गत राष्ट्रिय जनगणना, २०७८ मा तथ्यांक संकलन तथा सुपरीवेक्षण गर्ने कार्यका लागि सो संख्यामा कर्मचारी माग गरेको हो । 

विभागले ६० दिनभित्र दरखास्त पेश गर्न बुधबार जारी गरेको सूचनामार्फत अनुरोध गरेको छ । 

विभागका अनुसार सुपरीवेक्षक ८ हजार जना माग भएको छ भने गणक ३९ हजार माग गरिएको छ । आवेदन दिनेमध्येबाट निश्चित मापदण्डको आधारमा सर्टलिस्ट गरिने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस