आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, १४ माघ २०७७, ०८ : ५५
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारदेशका अधिकांश स्थानको मौसम सफा रहने जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । 

बुधबार दिउँसो प्रदेश १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकि क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । अहिले देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसमविदले बताएका छन् ।

यस्तै राति प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही क्षेत्रमा आंशिक बदली रहि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमापातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस