कोरोनाविरुद्धको खोप अभियान सुरु

पत्रपत्रिकाबाट

बुधबार, १४ माघ २०७७, ०६ : ५३
कोरोनाविरुद्धको खोप अभियान सुरु

काठमाडौ । बुधबारदेखि कोभिड –१९ (कोरोनाभाइरस) विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन सुरु गरिँदैछ ।

Yeti Diistillery Tansen Cement box

खोप अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे टेकु अस्पतालबाट गर्ने कार्यक्रम रहेको छ । सरकारले भारतबाट अनुदानमा ल्याएको खाप लगाउन सुरु गर्न लागिएको हो । 

यसैबीच काठमाडौँ उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको छ । 

स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमका अनुसार काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहेका छन् ।