प्रभावहीन सतर्कता केन्द्र

पत्रपत्रिकाबाट

मंगलबार, ०६ चैत्र २०७४, ०७ : १४
प्रभावहीन सतर्कता केन्द्र

केपी ओलीले प्रधानमन्त्री नियुक्त भएयता भ्रष्टाचारमा शून्य सहनशीलतासहित सुशासन कायम गर्ने अभिव्यक्ति दर्जनौंपटक दिइसकेका छन् । तर, त्यो काममा प्रमुख भूमिका खेल्ने निकाय सतर्कता केन्द्रको गतिविधि भने एक महिनादेखि ठप्पप्रायः छ ।

प्रधानमन्त्रीले बारम्बार भ्रष्टाचारमा शून्य सहनशीलताको एजेन्डा दोहोर्‍याइरहँदा केन्द्रको भूमिकालाई सशक्त बनाउनेतर्फ भने ध्यान दिन सकेका छैनन् । प्रधानमन्त्रीले मात्रै होइन मुख्यसचिव, प्रधानमन्त्री कार्यालयका सचिवलगायत उच्च अधिकारीले समेत केन्द्रलाई प्रभावकारी बनाउन सार्थक पहल गरेका छैनन् ।

भ्रष्टाचारमा शून्य सहनशीलताको नाराले बजार तातिरहँदा त्यसलाई कार्यान्वयन गराउने निकाय भने चिसिएको चिसियै छ । प्रधानमन्त्रीकै प्रत्यक्ष निगरानीमा भ्रष्टाचार नियन्त्रणका लागि सञ्चालन हुने यो निकायमा यतिखेर सहसचिव, उपसचिव, शाखा अधिकृत तथा सहयोगी गरी आधाजसो कर्मचारी छैनन् ।

कर्मचारी अभावमा केन्द्रले भ्रष्टाचार नियन्त्रण, छानबिन तथा सुशासनका लागि जनचेतनामूक कुनै पनि कार्यक्रम सञ्चालन गर्न सकेको छैन भने कार्यालयमा आधाभन्दा बढी कर्मचारी नरहँदा सरकारी कार्यालयको सेवा प्रवाहबारे गरिने छड्के अनुगमनसमेत अवरुद्ध छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस