‘विघटनको अधिकार श्रीपेचसँग मात्र हुन्छ’

पत्रपत्रिकाबाट

मंगलबार, १३ माघ २०७७, ०७ : २३
‘विघटनको अधिकार श्रीपेचसँग मात्र हुन्छ’

काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले विघटनको अधिकार श्रीपेचसँग मात्र हुने, सार्वभौमसत्ता जनतामा भनिएको अवस्थामा त्यस्तो अधिकार प्रधानमन्त्रीसँग नहुने तर्क गरे।

विघटनको अवस्था र प्रधानमन्त्रीले सर्वोच्चमा पठाएको लिखित जवाफमा आधारित रहेर बहस गरेका थापाले प्रधानमन्त्रीमा विघटन गर्ने अन्तरनिहित अधिकार नभएको बताए। संविधानमा विघटन भन्ने शब्द नै नभएको उल्लेख गर्दै उनले भने, ‘विघटन भन्ने शब्दलाई कुनै पनि विधिशास्त्रीय पुस्तकले साथ दिँदैन।’

वरिष्ठ अधिवक्ता थापाले अन्तर्राष्ट्रिय इतिहास कोट्याउँदै विघटनको अधिकार बेलायतमा राजालाई मात्रै भएको स्मरण गराए। उनले मुकुटलाई अन्तरनिहित अधिकार भएको नजिर प्रस्तुत गरे। ‘तपाईं जनतालाई सार्वभौम भन्नुहुन्छ भने अन्तरनिहीत अधिकारको त प्रश्नै छैन। तपाईं को ? राजा ? बादशाह ?’ थापाले इजलासमा प्रश्न गरे, ‘विशेषाधिकार, विघटनको परमाधिकार कोसँग हुन्छ ? श्रीपेचसँग।’ प्रधानमन्त्रीले अदालतमा पेस गरेको लिखित जवाफमा संसद् विघटन उनको विशेष अधिकार भएको लेखिएको थापाले बताए। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस