तपाई यस्ता अंगमा हातले बारम्बार छुनुहुन्छ ? नछुनुहोस लाग्नसक्छ एस्तो रोग

सोमबार, ०५ चैत्र २०७४, २० : ४२
तपाई यस्ता अंगमा हातले बारम्बार छुनुहुन्छ ? नछुनुहोस लाग्नसक्छ एस्तो रोग

हामीमध्ये धेरैको बानी हुन्छ कि अलिकति केही हुनासाथ हात नाकमा पुर्याउने, आँखा मिच्ने । घरिघरि त संवेदनशील र गोप्य अंगमा समेत हाम्रो हात पुगिरहेको हुन्छ । तर यस्तो बानी राम्रो मानिदैन । चिकित्सकहरुले बारम्बार शरीरका विभिन्न अंगमा हात लान नहुने सुझाव दिएका छन् ।

कानमा औंला नहालौं
घरीघरी कान चिलाउने समस्या छ भने चिकित्सकलाई देखाउनु राम्रो हुन्छ । हामी प्रायजसो कान चिलाउदा औंला हाल्ने वा अरु कुनै बस्तु हालेर सन्चो हुने उपाय गर्छौ । यस्तो कार्य गर्दा कानको जाली वा झिल्लीमा समस्या आउने चिकित्सकहरु बताउछन् । त्यसैले कान चिलाएमा औंलाले चिलाउनु भन्दा कपासको वडहरु प्रयोग गर्दा राम्रो हुन्छ ।

अनुहारमा हात राख्ने
छाला रोग बिशेषज्ञहरुका अनुसार आफ्नो अनुहारमा धेरै हात लगेर चलाउनु हुदैंन । हातले धेरै स्थानमा छुने हुनाले हातको पञ्जामा धेरै किसिमका जिवाणुहरु बसेको हुन सक्छ । यस्तो अवस्थामा हत्केलाले बेला बेलामा अनुहार छोप्ने वा छुने काम गर्नु हुदैंन । यसको मतलब तपाईले हात अनुहारमा लैजान नै नहुने भन्ने होईन । जस्तो हामीले अनुहार धुदाँ होस् वा कुनै किसिमको क्रिम लगाउदा भने छुदा फरक नपर्ने छाला रोग बिशेषज्ञहरु बताउछन् ।

आँखालाई घरी घरी नछुने
हामी आँखामा केही परेमा सोझैं हात हालेर झिक्ने प्रयास गर्छौ वा चिलाएर सन्चो बनाउने प्रयास गर्छौ । तर यो बानी स्वास्थ विज्ञानको दृष्टिकोणले सबैभन्दा अनुपयुक्त मानिन्छ । यस्तो कार्यगर्दा आँखामा किटाणुहरु सजिलै प्रबेश गर्छ । त्यसैले आँखामा केही परेको वा चिलाएको जस्तो भएको अवस्थामा सधै सफा पानीले धुने गर्नु राम्रो मानिन्छ ।

मुखमा औला लैजाने
बेलायतमा हालै गरिएको एक सर्वेक्षण अनुसार मानिसहरुका आफ्नो काममा बोर भएको बेलामा एक घन्टामा औसत रुपमा २३ पटक भन्दा बढी हातको औंलालाई मुखमा लैजाने गर्छन् । यदी उनीहरु काममा ब्यस्त छन् भने पनि उनीहरुले ६ पटक भन्दा बढी औंलालाई मुखमा लैजाने गरेको देखियो । यसरी हातको औंलालाई घरी घरी मुखको सम्पर्कमा ल्याउदा हातमा भएका किटाणुहरुले सजिलै शरीरमा प्रबेश पाउने देखियो ।

नितम्बमा धेरै हात नचलाउने
धेरै मानिसहरुको स्वभाव आफ्नो नितम्बलाई चलाउने किसिमको हुन्छ । यो एक किसिमको बानी भएको कारण यसलाई जतिसक्दो चाडो त्याग्नु राम्रो हुन्छ । मलद्धारमा भएका विभिन्न किसिमका जिवाणुहरु फैलिने क्रममा नितम्ब तर्फ पनि आएको हुन्छ । यस्तो अवस्थामा नितम्बमा धेरै हात लैजाने गर्दा उक्त जिवाणु हातको सम्पर्कमा आउछ । यदी हात राम्ररी नधोई अन्य अंग चलाएमा वा खानेकुरा खाएर रोग लाग्ने सम्भावना बढी हुन्छ ।

नाकमा औला हाल्ने
सन् २००६ मा इन्फेक्सन कन्ट्रोल हस्पिटल इपिडेमियोलोजीको जर्नलमा प्रकाशित भएको नतिजा अनुसार जुन ब्यक्तिले नाकको प्वालमा औंला हालेर चलाउने बानी बसेको हुन्छ । त्यस्ता ब्यक्तिहरुमा स्टैफाइलोकाकस आरस नामक ब्याक्टेरियाको शरीरमा प्रबेश हुने देखाएको छ । यो ब्याक्टेरियाले शरीरमा धेरै किसिमको रोग सिर्जना गर्ने हुनाले चिकित्सकहरुले नाकको प्वालमा औंला हाल्ने बानीलाई कम गर्ने सुझाव दिएका छन् ।

नङको मुनि नचलाउने
नङमो मुनि रहेको छालाको भागमा धेरै किसिमका ब्याक्टेरियाहरु रहने गर्छ । बेलायतको छाला रोग बिशेषज्ञ डेबिड डे बर्करका अनुसार यसरी नङको तल्लो छालाको भागमा हातले धेरै पटक चलाउने र हातको सफाईमा ध्यान नदिदा उक्त जिवाणुहरुले शरीरमा प्रबेश गर्ने मौका पाउछन् ।

प्रतिक्रिया दिनुहोस