काठमाडौं । नेकपा का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिलेको कम्युनिष्ट एकता प्रक्रियालाई पुरानो र अप्रासंगिक अभ्यास भएको बताएका छन् ।
फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले भनेका छन्, “एकताको नाममा पार्टीहरू खप्टिने र उप्किने पुरानो तरिका अब निकै थोत्रो भइसक्यो, समयले यस्तो अभ्यासलाई धेरै अघि छोडिसक्यो ।”
उनले हालैको जेन–जी आन्दोलनपछि कम्युनिष्ट आन्दोलन पुनर्गठन र नयाँ केन्द्र निर्माणको अपरिहार्यता औंल्याएका छन् । विप्लवका अनुसार, अहिलेको सन्दर्भमा सतही एकताभन्दा गहिरो वैचारिक, सैद्धान्तिक र व्यवहारिक पुनर्गठन आवश्यक छ ।
विप्लवले लेखेका छन्, “कम्युनिष्टबीच मोर्चाबन्दी जरुरी छ र मित्रसँग वैचारिक बहस अनिवार्य छ । बिना विचार, आन्दोलन केवल औपचारिकता र नाटक मात्र बन्न पुग्छ ।”
उनले अहिलेको राजनीतिक परिवेशमा इमानदार कम्युनिष्टबीच नयाँ विकल्प खोज्ने समय आएको भन्दै लेखेका छन्, “यसैमा रमाउने, लफाङ्गिने, थेचारिने आफ्नै भुटभुटी मात्र हो । इमानदार दर्शकका लागि यो केवल व्यङ्ग्यजस्तो लाग्छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ कार्तिक २०८२, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब