जियुक्वान (चीन) । चीनले शनिबार उसको शेन्झाउ–२१ यानले सफल प्रक्षेपणपछि आफ्नै राष्ट्रिय रेकर्ड तोड्दै चीनको अन्तरिक्ष स्टेशनसँग अत्यन्त तीव्र गतिमा सफलतापूर्वक डक गरेको घोषणा गरेको छ । यो डकिङ प्रक्रिया चीनको अन्तरिक्ष इतिहासमा नयाँ उपलब्धिका रूपमा दर्ज भएको बताइएको छ ।
चीन म्यान्ड स्पेस एजेन्सीका अनुसार सम्पूर्ण डकिङ प्रक्रिया करिब साढे तीन घण्टा मात्र चलेको हो । यो अघिल्ला मिसनहरूभन्दा तीन घण्टा छोटो हो । शेन्झाउ–२१ स्पेसक्राफ्ट उत्तरपश्चिमी चीनको जियुक्वान प्रक्षेपण केन्द्रबाट शुक्रबार राति स्थानीय समय अनुसार ११:४४ बजे योजना अनुसार प्रक्षेपण गरिएको थियो । सफल डकपछि यानमा रहेका तीनजना अन्तरिक्ष यात्रीले अन्तरिक्ष स्टेशनको तियानहे कोर मोड्युलमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
चालक दलमा पाइलट तथा मिसन कमान्डर झाङ लु रहेका छन्। उनी दुई वर्षअघि शेन्झाउ–१५ मिसनमार्फत पनि अन्तरिक्ष स्टेसन पुगिसकेका अनुभवी अन्तरिक्ष यात्री छन् । अन्य दुई सदस्य पहिलोपटक अन्तरिक्ष यात्रामा सहभागी भएका हुन् । ३२ वर्षीय इन्जिनियर वु फेई देशका सबैभन्दा कान्छा अन्तरिक्ष यात्री छन् भने झाङ होङ्झाङ पेलोड विशेषज्ञ छन् जसले यसअघि नयाँ ऊर्जा र नयाँ सामग्रीमा अनुसन्धान गरेका थिए ।
झाङ लुले टोलीले तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा ताई–ची, बगैँचा सिँचाइ र कविताको माध्यमबाट ‘अन्तरिक्षलाई युटोपिया’ बनाउने लक्ष्य रहेको बताएका छन् । उनीहरू पनि अघिल्ला चालकदलझैँ झन्डै छ महिनासम्म अन्तरिक्षमा बस्नेछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १५ कार्तिक २०८२, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै