जियुक्वान (चीन) । चीनले शनिबार उसको शेन्झाउ–२१ यानले सफल प्रक्षेपणपछि आफ्नै राष्ट्रिय रेकर्ड तोड्दै चीनको अन्तरिक्ष स्टेशनसँग अत्यन्त तीव्र गतिमा सफलतापूर्वक डक गरेको घोषणा गरेको छ । यो डकिङ प्रक्रिया चीनको अन्तरिक्ष इतिहासमा नयाँ उपलब्धिका रूपमा दर्ज भएको बताइएको छ ।
चीन म्यान्ड स्पेस एजेन्सीका अनुसार सम्पूर्ण डकिङ प्रक्रिया करिब साढे तीन घण्टा मात्र चलेको हो । यो अघिल्ला मिसनहरूभन्दा तीन घण्टा छोटो हो । शेन्झाउ–२१ स्पेसक्राफ्ट उत्तरपश्चिमी चीनको जियुक्वान प्रक्षेपण केन्द्रबाट शुक्रबार राति स्थानीय समय अनुसार ११:४४ बजे योजना अनुसार प्रक्षेपण गरिएको थियो । सफल डकपछि यानमा रहेका तीनजना अन्तरिक्ष यात्रीले अन्तरिक्ष स्टेशनको तियानहे कोर मोड्युलमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
चालक दलमा पाइलट तथा मिसन कमान्डर झाङ लु रहेका छन्। उनी दुई वर्षअघि शेन्झाउ–१५ मिसनमार्फत पनि अन्तरिक्ष स्टेसन पुगिसकेका अनुभवी अन्तरिक्ष यात्री छन् । अन्य दुई सदस्य पहिलोपटक अन्तरिक्ष यात्रामा सहभागी भएका हुन् । ३२ वर्षीय इन्जिनियर वु फेई देशका सबैभन्दा कान्छा अन्तरिक्ष यात्री छन् भने झाङ होङ्झाङ पेलोड विशेषज्ञ छन् जसले यसअघि नयाँ ऊर्जा र नयाँ सामग्रीमा अनुसन्धान गरेका थिए ।
झाङ लुले टोलीले तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा ताई–ची, बगैँचा सिँचाइ र कविताको माध्यमबाट ‘अन्तरिक्षलाई युटोपिया’ बनाउने लक्ष्य रहेको बताएका छन् । उनीहरू पनि अघिल्ला चालकदलझैँ झन्डै छ महिनासम्म अन्तरिक्षमा बस्नेछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १५ कार्तिक २०८२, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण