आम निर्वाचन मार्फत जनतामा जानु पर्छ : मन्त्री ढकाल

रासस

शनिबार, १० माघ २०७७, २० : १६
आम निर्वाचन मार्फत जनतामा जानु पर्छ : मन्त्री ढकाल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले लोकतन्त्र र आर्थिक समृद्धिका लागि प्रधानमन्त्री ओलीको त्याग, समर्पण र योगदान उच्च रहेको  बताउनुभएको छ । 

सार्वजानिक पुस्तकालयको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले प्रजातन्त्रका लागि १४ वर्ष बढी जेल जीवन व्यतित गर्नुभएका प्रधानमन्त्री ओलीका योगदानकै कारण अहिले  देशले काँचुली फेरेको हो भन्नुभयो ।  

सरकारले संसद् विघटन गरेर आम निर्वाचनमा जान बाध्यता भएको  उल्लेख गर्दै उहाँले भन्नुभयो ,“अब दलहरुले निर्वाचनमार्फत जनताको बीचमा जानुपर्छ ।  ”  मन्त्री ढकालले पठन संस्कृतिको विकास गर्नु सार्वजनिक पुस्तकालयको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसतर्फ योगदान पु¥याउनुपर्ने उल्लेख गर्नुभयो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश अध्यक्ष राम थापा ,उद्योगी भोलेश्वर दुलाललगायतले पठन सस्कृतिका लागि पुस्तालयको भूमिका अहं रहने बताउनुभयो । 

देशभरिका १५ वटा शाखाबाट करिब १०० जना प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस