बनेपामा राखिएको प्रेसर कुकर बम सेनाद्धारा डिस्पोज

सफल खबर संवाददाता

शनिबार, १० माघ २०७७, ०९ : ०६
बनेपामा राखिएको प्रेसर कुकर बम सेनाद्धारा डिस्पोज

file photo

काठमाडौं । काभ्रेको बनेपामा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।  बनेपा स्थित बुडोलको सडकमा राखिएको प्रेसर कुकर बम सेनाले डिस्पोज गरेको हो ।

सेनाको बम डिस्पोजल टोलीले उक्त प्रेसर कुकर बम डिस्पोज गरेको हो । बम डिस्पोज हुनुअघि प्रहरीले बन्द गराएको अरनिको राजमार्ग अहिले खुलेको प्रहरीले जानकारी दिएको छ । विप्लव समूहले शनिबार नेपाल बन्दको आह्वान गरेको छ ।

आफ्ना नेता पक्राउको विरोधमा सो समूहले गरेको हो । सोही समुहले बम राखेको हुनसक्ने आशंका गरिएको छ । 

प्रतिक्रिया दिनुहोस